काठमाडौँ । जाजरकोट भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ ।
यद्यपि स्थानीय तहहरूले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको सङ्ख्या १६६ छ । जसमध्ये जाजरकोटमा ८१ र रुकुम पश्चिममा ८५ रहेका छन् ।
शुक्रवार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका-१ रामी डाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।