logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:25 AM

  • स्मार्ट लाइसेन्स प्रकरणः सर्वोच्चको आदेशमा इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे रिहा

    स्मार्ट लाइसेन्स प्रकरणः सर्वोच्चको आदेशमा इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे रिहा


    पर्यटन नेपाल

    शुक्रबार, १ जेष्ठ २०८३


    काठमाडौँ। सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीशहरू शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै उनलाई रिहा गर्न आदेश दिएको हो।

    अदालतले पाण्डेलाई रिहा गरे पनि विदेश भ्रमणमा भने प्रतिबन्ध लगाएको छ। उनले विदेश जानुपरेमा अदालतको पूर्व अनुमति लिनुपर्ने सर्त आदेशमा उल्लेख छ।

    स्मार्ट टेलिकम (स्मार्ट सेल) को सम्पत्ति लिलामी प्रक्रियामा ठगी र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले पाण्डेलाई गत बुधबार पक्राउ गरेको थियो।

    बैंकले गत असोज ३ गते स्मार्ट सेलको उपकरण र जग्गा लिलामीको सूचना निकालेको थियो। लिलामीको बोलपत्रमा एउटा सर्त राखिएको थियो- उपकरण जडान भएका घरको भाडा र बिजुली महसुलबापतको ४० करोड रुपैयाँ खरिदकर्ताले एकमुष्ठ बुझाउनुपर्ने।

    बोलपत्रदाताबाट उक्त ४० करोड रुपैयाँ बैंकले बुझिलिए पनि हालसम्म सम्बन्धित घरधनी र विद्युत प्राधिकरणलाई रकम भुक्तानी नगरेको र उक्त रकम बैंकले नै राखेर ठगी गरेको आरोप छ।

    यही आर्थिक अनियमितता र विश्वासघातको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको थियो। सर्वोच्चको यो आदेशसँगै उनले अब हिरासत बाहिरै रहेर कानुनी प्रक्रियाको सामना गर्नेछन्।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend