logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • सगरमाथा आरोहणमा चिनियाँ र अमेरिकीको ‘क्रेज’: राज्य कोषमा सवा अर्बभन्दा बढी राजस्व

    सगरमाथा आरोहणमा चिनियाँ र अमेरिकीको ‘क्रेज’: राज्य कोषमा सवा अर्बभन्दा बढी राजस्व


    पर्यटन नेपाल

    बुधबार, ६ जेष्ठ २०८३


    काठमाडौँ। यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित नेपालका विभिन्न हिमाल आरोहण गर्न विदेशी पर्यटकको आकर्षण मात्र बढेको छैन, यसले राज्य कोषमा समेत ठुलो आर्थिक योगदान पुर्‍याएको छ।

    पर्यटन विभागका अनुसार यस सिजनमा हिमाल आरोहण अनुमति (परमिट) बापत मात्रै कुल १ अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व स‌ंकलन भएको छ।

    यसमध्ये १ अर्ब ७ करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ रोयल्टी एक्लो सगरमाथाबाट मात्र प्राप्त भएको छ। वैशाख ३१ गते आइसफल डाक्टरहरूले सगरमाथाको शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सम्पन्न गरेसँगै अहिले हिमाल आरोहण गर्ने क्रम तीव्र गतिमा अघि बढेको छ।

    सगरमाथामा चिनियाँ पहिलो र अमेरिकी दोस्रोयस वर्ष सगरमाथाको चुचुरो चुम्नका लागि विदेशी आरोहीमाझ रोचक उछिनपाछिन देखिएको छ।

    विभागको तथ्यांक अनुसार सगरमाथा आरोहणका लागि कुल ५५ देशका ४९४ जनाले अनुमति लिएका छन्, जसमा छिमेकी देश चीन अग्रस्थानमा छ।

    चीनका १०९ जनाले अनुमति लिएका छन्। त्यस्तै, अमेरिकाका  ७७, भारतका ६१,  बेलायतका ३२, रसियाका १८ ले आरोहण अनुमति लिएका छन्। यसबाहेक अस्ट्रेलियाका १५, जापानका १४, ब्राजिलका १० र नेपालका १२ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्।

    १ हजार १८१ आरोही

    सगरमाथाबाहेक नेपालका अन्य हिमालहरूमा पनि आरोहीहरूको भिड लागेको छ। सन् २०२६ को यस वसन्त ऋतुमा ७९ देशका कुल १ हजार १८१ आरोहीहरूले नेपालका विभिन्न हिमाल चढ्न अनुमति लिएका छन्।

    पर्यटन विभागले ६,५०० मिटरभन्दा माथिका हिमालको अनुमति जारी गर्ने गर्छ भने ५,८०० देखि ६,५०० मिटरसम्मका हिमालको अनुमति दिने जिम्मेवारी नेपाल पर्वतारोहण संघ (एनएमए) लाई तोकिएको छ।

    कुन हिमालमा कति आरोही?

    ल्होत्से: १४३ जना

    आमादब्लम: १११ जना

    नुप्त्से: ५६ जना

    हिम्लुङ: ४६ जना

    कञ्चनजंघा: ३६ जना

    धाैलागिरि: ३० जना

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend