logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:04 AM

  • लुम्बिनी सरकारले भूकम्प पिडितलाई डेढ करोड सहयोग गर्ने

    लुम्बिनी सरकारले भूकम्प पिडितलाई डेढ करोड सहयोग गर्ने


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    बुटवल । लुम्बिनी प्रदेश सरकारले भूकम्प पिडितलाई डेढ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

    शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्रिपरिषद्‍को बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको हो । उक्त रकम प्रदेश विपद् कोषबाट निकासा गरी कर्णाली प्रदेश सरकारलाई दिइने छ ।

    साथै लुम्बिनी प्रदेश सरकारले प्रभावित जिल्लामा उद्धारका लागि गृहमन्त्री सन्तोष पाण्डेको नेतृत्वमा उद्धारकर्ताको एक टोली पठाउने निणर्य समेत गरेको छ ।

    प्रदेश सरकारले यसअघि शनिबार बिहान राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। पदमराज अधिकारीको नेतृत्वमा २० जना स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ ।

    यस्तै लुम्बिनी प्रादेशिक अस्पतालबाट ५ जना चिकित्सकको टोली पनि पठाइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend