काठमाडौँ । धुलिखेलमा पुनः प्याराग्लाइडिङ उडान सुरु हुने भएको छ ।
केही समय रोकिएको प्याराग्लाइडिङ यही सातादेखि पुनः सुरु हुने भएको हो ।
बिश्व बजार प्याराग्लाइडिङको लगानीमा सुरु भएको प्याराग्लाइडिङ स्थानीय समस्याका कारण रोकिएको थियो । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृती पाएसँगै धुलिखेमा प्याराग्लाइडिङ सुरु भएको थियो ।
काठमाडौँबाट ३० किलोमीटरको दुरिमा रहेको धुलिखेल आँफैमा पर्यटकिय गन्तब्य रहेको र प्याराग्लाइडिङले थप टेवा पुर्याउने धुलिखेल नगरपालिकाले जनाएको छ ।