logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:17 AM

  • कृषि विकास बैंकको नाइमा विशेष अफरमा यस्ता छन् योजना

    कृषि विकास बैंकको नाइमा विशेष अफरमा यस्ता छन् योजना


    पर्यटन नेपाल

    बुधबार, २७ साउन २०८३


    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

    बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको प्रिमियमदर र सेवा शुल्क दुबैमा ३३।३३ ५ सम्म छुट पाउने बैंकले जनाएको छ ।

    साथै बैंकले गाडी किन्न ईचछुक ग्राहकका लागि आफुलाई पाएक पर्ने नजिकैको बैंक शाखामा गएर कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैंकले गरेको छ ।

    ग्राहकले कागजपत्र पूरा गरे पश्चात् बैंकले गाडी किन्न तुरुन्तै स्वीकृतिपत्र प्रदान गर्ने बैंकले जनाएको छ ।

    यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा बैंकको नजिकैको शाखामा सम्पर्क गरी वा कल सेन्टर नम्बर ०१५९७०१६१ मा फोन गरी लिन सकिने समेत बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend