logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:24 AM

  • मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा

    मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा


    पर्यटन नेपाल

    शुक्रबार, ५ भाद्र २०८३


    काठमाडौँ । मनास्लु हिमालको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा आयोजित ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै नेपालस्थित जापानी राजदूतावासले नेपाल पर्वतारोहण संघ (NMA) लाई ‘Ambassador’s Award’  अर्थात् ‘राजदूत सम्मान’ प्रदान गरेको छ।

    नेपालस्थित जापानी राजदूत महामहिम माइदा तोरुले एक समारोहबीच नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पालाई उक्त सम्मान प्रदान गरेका हुन्।

    सम्मान ग्रहणपछि अध्यक्ष शेर्पाले जापानी दूतावासबाट प्राप्त यो सम्मान नेपाल पर्वतारोहण संघका लागि ठूलो उपलब्धि भएको बताए। उनले मनास्लु हिमालको आरोहण इतिहास र नेपाल–जापानबीचको पर्वतीय सम्बन्धलाई थप सुदृढ बनाउन संघले निरन्तर भूमिका निर्वाह गर्ने बताए।

    ‘मनास्लु प्लेटिनम जुब्ली’ कार्यक्रम सफल बनाउन नेपाल पर्वतारोहण संघले खेलेको महत्वपूर्ण भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको हो।

    सम्मान कार्यक्रममा नेपाल पर्वतारोहण संघका पदाधिकारी तथा सदस्यहरू, पर्वतारोहण एवं पर्यटन क्षेत्रका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend