logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:31 AM

  • रसुवामा ४९ वटा हेलिकोप्टरद्धारा उद्धार उडान

    रसुवामा ४९ वटा हेलिकोप्टरद्धारा उद्धार उडान


    पर्यटन नेपाल

    बुधबार, १० भाद्र २०८३


    काठमाडौँ । काठमाडौँ विमानस्थलबाट ४९ वटा हेलिकोप्टरले उद्धार उडान गरेका छन् । जसमध्ये ३६ वटाले काठमाडौँका लागि गरेका हुन् ।

    बुधबार साँझसम्म निजी तथा सरकारी हेलिकोप्टरले टिमुरे, धुन्चे, स्याफ्रुबेसी, मैलुङ, त्रिशूली र धादिङ क्षेत्रमा उद्धार तथा राहतका लागि उडान गरेको काठमाडौँ विमानस्थलस्थित आरसीसी कार्यालय जानकारी दिएको छ ।

    रसुवाको बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि हेलिकोप्टरहरूले त्यही स्थानमा दर्जनौं पटक सटल उडानसमेत गरेका छन् ।

    आरसीसी कार्यालयका अनुसार उद्धारका क्रममा काठमाडौँ ल्याइएका बिरामी तथा घाइतेको संख्या अझै खुलेको छैन् ।

    नेपाली सेनाका ९ वटा हेलिकोप्टरसहित उद्धार तथा राहतमा फिस्टेल, अन्नपूर्ण, हेलि एभरेस्ट, अल्टिच्युड, कैलाश, प्रभु र एयर डाइनेस्टी, सिम्रिकलगायतका निजी हेलिकोप्टरहरु परिचालन भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend