logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   10:31 AM

  • भोटेकोशी बाढीका कारण ६४४ पर्यटक सम्पर्कविहीन

    भोटेकोशी बाढीका कारण ६४४ पर्यटक सम्पर्कविहीन


    पर्यटन नेपाल

    बिहिबार, ११ भाद्र २०८३


    काठमाडौँ । रसुवामा आएको अप्रत्यासित बाढीका कारण सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको छ ।

    नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो अपडेट अनुसार सम्पर्कविहीन हुने पर्यटक संख्या ६४४ पुगेको हो ।

    बोर्डका अनुसार सबैभन्दा धेरै भारतीय पर्यटक १७८ सम्पर्कविहीन छन् भने, नेपाली पर्यटक १२७ जना, अमेरिकी पर्यटक ६५ जना र युक्रेनका ५३ पर्यटक सम्पर्कविहिन रहेको तथ्यांक बोर्डले सार्वजनिक गरेको छ ।

    त्यस्तै मलेसियाका ५१, अष्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५, सिंगापुरका ९, रुसका ८, जर्मनीका ८ र लात्भिया, दक्षिण अफ्रिकाका ६र६ जना पर्यटक वेपत्ता रहेको बोर्डले जनाएको छ ।

    बोर्डले ट्राभल एजेन्सी र कम्पनीहरूबाट यो तथ्यांक संकलन गरेको बताएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend