काठमाडौँ । बुद्ध एयरले राहत सामग्रीको ढुवानी निःशुल्क गर्ने भएको छ ।
बुद्ध एयरले सडक यातायात सहज नभएसम्म भाडादर साविककै कायम गरिएको जनाएको छ ।
कम्पनीले भनेको छ, ‘वर्तमान विषम परिस्थितिमा जस्तोसुकै व्यावसायिक चुनौती आए पनि हामी सहज एवम् सुलभ (सस्तो) भाडादर उपलब्ध गराउन प्रतिबद्ध छौं । यदि कतैबाट अत्यधिक महँगो टिकट बिक्री भइरहेको जानकारी प्राप्त भएमा कृपया हामीलाई सूचित गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यस्ता गतिविधिविरुद्ध हामी नियमानुसार आवश्यक तथा कडा कदम चाल्नेछौँ ।’
गृह मन्त्रालयको निर्णय अनुसार राहत सामग्री संकलन तथा हवाई ढुवानीका लागि निःशुल्क व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
साथै कम्पनीले वेबसाइट तथा मोबाइल एपबाट टिकट खरिद गर्दा थप ३०० छुट पाइने पनि बताएको छ ।