logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   09:30 AM

  • यती एयरलाइन्सले पनि बाढी प्रभावित क्षेत्रमा पठाउने राहतमा निःशुल्क हवाई ढुवानी गर्ने

    यती एयरलाइन्सले पनि बाढी प्रभावित क्षेत्रमा पठाउने राहतमा निःशुल्क हवाई ढुवानी गर्ने


    पर्यटन नेपाल

    मंगलबार, १६ भाद्र २०८३


    काठमाडौँ । यती एयरलाइन्सले पनि विपद् प्रभावित क्षेत्रमा पठाइने राहत सामग्री निःशुल्क हवाई ढुवानी गर्ने भएको छ ।

    निजी वायुसेवा कम्पनी यतिले भाद्र १० गते आएको विनाशकारी बाढी प्रभाबित क्षेत्रमा राहतका सामग्रीमा निशुल्क हवाइ ढुुवानी गर्ने भएको हो ।

    यतिले यात्रुका लागि न्यूनतम भाडादरमा भने निरन्तरता दिने भएको छ ।

    विपद्का बेला यातायात सेवा प्रभावित हुुँदा हवाई यात्रामा चाप बढेको अवस्थामा यात्रुमाथि पर्ने आर्थिक भार कम गर्न यतिले न्यूनतम भाडादर कायम गर्ने निर्णय गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend