logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:01 AM

  • भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई खाजा खर्च दिने सरकाको निर्णय

    भूकम्प प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मीलाई खाजा खर्च दिने सरकाको निर्णय


    पर्यटन नेपाल

    आइतबार, १९ कार्तिक २०८०


    काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रहरूमा उद्धारका लागि खटिएका उद्धारकर्मीका लागि दैनिक खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको छ ।

    आइतबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नियमानुसार उद्धारकर्मीलाई खाजा खर्चको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएपछि शनिबार बिहानैदेखि देशभरबाट उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा केन्द्रित भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend