logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   05:58 PM

  • कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूद्वारा भोटेकोशी बाढी प्रभावित १ करोड ५३ लाख ९५ हजार आर्थिक सहयोग

    कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूद्वारा भोटेकोशी बाढी प्रभावित १ करोड ५३ लाख ९५ हजार आर्थिक सहयोग


    पर्यटन नेपाल

    मंगलबार, ३० भाद्र २०८३


    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंक लिमिटेडका कर्मचारीहरूले ठूलो रकम आर्थिक सहयोग गरेका छन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत, उपमहाप्रबन्धक, विभागीय प्रमुखदेखि सहयोगी कर्मचारीहरूले आफ्नो तलब–भत्ताबाट रकम जुटाई ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा कुल रु. १,५३,९५,०२२ (अक्षरुपी एक करोड त्रिपन्न लाख पन्चानव्वे हजार बाइस रुपैयाँ) को चेक हस्तान्तरण गरेका छन् ।

    बैंकका तर्फबाट सञ्चालक समिति अध्यक्ष श्री टंक प्रसाद पाण्डे र निमित्त प्रमुख कार्यकारी अधिकृत श्री प्रताप सुवेदीले नेपाल सरकारका अर्थमन्त्री माननीय स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका थिए ।

    उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रबन्धक श्री सुशिल हुमागाईं, मार्केटिङ एण्ड सेल्स विभागका विभागीय प्रमुख श्री बीना शर्मा र जनशक्ति व्यवस्थापन विभागका विभागीय प्रमुख श्री अजय रिमालको समेत उपस्थिति रहेको थियो ।

    यसअघि पनि कृषि विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कोषबाट ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड योगदान गरिसकेको छ भने बाढीपीडितहरूका लागि १० लाख बराबरको खाद्यान्न तथा राहत सामग्री प्रत्यक्ष रूपमा हस्तान्तरण गरिसकेको छ ।

    देशमा आइपर्ने प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवारहरूको राहत, उद्धार तथा पुनस्र्थापनामा सघाउ पु¥याउने उद्देश्यले बैंक संस्थागत रूपमा र कर्मचारीहरू व्यक्तिगत स्तरबाट निरन्तर सहयोगमा जुटेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend