logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   05:58 PM

  • कृषि विकास बैंकद्वारा साताव्यापी “KYC सचेतना सप्ताह” शुभारम्भ;

    कृषि विकास बैंकद्वारा साताव्यापी “KYC सचेतना सप्ताह” शुभारम्भ;


    पर्यटन नेपाल

    बुधबार, ३१ भाद्र २०८३


    काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले वित्तीय अपराध न्यूनीकरण र ग्राहक सुरक्षालाई प्राथमिकतामा राख्दै साताव्यापी ‘ग्राहक पहिचान (KYC) सचेतना सप्ताह’ औपचारिक रूपमा सुरु गरेको छ ।

    ‘सही ग्राहक पहिचान, सुरक्षित बैंकिङ्ग हाम्रो अभियान’ भन्ने मुख्य नाराका साथ बैंकले यो विशेष अभियान सञ्चालनमा ल्याएको हो ।

    उक्त कार्यक्रमको शुभारम्भ बैंकका निमित्त कार्यकारी अधिकृत श्री प्रताप सुवेदीले गरेका थिए । उद्घाटन समारोहमा बैंकका सम्पूर्ण विभागीय प्रमुखहरू तथा काठमाडौँ उपत्यका भित्रका शाखा प्रबन्धकहरूको भौतिक उपस्थिति रहेको थियो भने उपत्यका बाहिरका शाखा प्रबन्धकहरूलाई भर्चुअल माध्यमबाट कार्यक्रममा जोडिएको थियो ।

    उद्घाटन समारोहमा बोल्दै निमित्त कार्यकारी अधिकृत सुवेदीले आधुनिक बैंकिङ्ग प्रणालीमा ग्राहक पहिचान विवरणको भूमिका महत्त्वपूर्ण हुने बताए ।

    आफ्नो KYC विवरण समयमै अद्यावधिक गर्दा बैंकिङ्ग प्रणाली पारदर्शी हुनुका साथै ग्राहक स्वयं पनि सम्भावित वित्तीय जोखिम र ठगीबाट सुरक्षित रहन सक्छन् भन्ने अभिप्रायले यो कार्यक्रम आयोजना गरिएको हो ।

    नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम सञ्चालन गरिएको यो अभियान भाद्र ३० गतेदेखि असोज ०५ गतेसम्म जारी रहनेछ ।

    यस अवधिमा बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई नजिकैको शाखामा गएर आफ्ना अद्यावधिक विवरणहरू (KYC) बुझाउन र सुरक्षित बैंकिङ्ग अभ्यास अपनाउन अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend