काठमाडौँ । चितवनको सौराहास्थित रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता पाएको छ ।
पर्यटन विभागले स्थलगत निरीक्षण गरेपछि विभागले रिसोर्टलाई पाँचतारे डिलक्स मान्यता दिएको हो ।
तोकिएका मापदण्ड पूरा गरेको पाइएपछि टुलिपलाई पाँचतारे डिलक्स मान्यता प्रदान गरिएको हो ।
उक्त रिसोर्टमा ६५ वटा कोठा छन् । रेस्टुरेन्ट, स्विमिङ पुल, जिम, हेल्थ क्लब, हेलिप्याड, ‘तनावीबार’ र मध्यरात मनोरञ्जनका लागि ‘स्पोर्ट्सबार’ समेत सुविधा रहेको रिसोर्टले जनाएको छ ।
केटिएम हस्पिटालिटी लिमिटेडद्वारा सञ्चालित रिसोर्टले करिब तीन साताअघि स्तरीकरणका लागि पर्यटन विभागमा निवेदन दिएको थियो ।
विभागको टोलीले रिसोर्टको भौतिक पूर्वाधार, सेवा–सुविधा, सुरक्षा व्यवस्था, अतिथि सेवा र सञ्चालन प्रणालीको निरीक्षण गरेको थियो ।
टुलिपले सन् २०२५ जुलाईदेखि सफ्ट ओपनिङ सुरू गरेको थियो ।
अन्तर्राष्ट्रिय होटल समूह लुभ्र होटल्स ग्रुपअन्तर्गतको रोयल टुलिप ब्रान्डसँगको व्यवस्थापकीय सम्झौतामा टुलिप सञ्चालनमा आएको हो ।