काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौँ-सांघाई-काठमाडौँ नियमित सिधा उडान पुनस् सुरू गर्ने भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलबीच उडान सञ्चालन हुने भएको हो ।
एयरलाइन्सले उडान असोज १२ गतेदेखि संचालन गर्ने भएको हो । सुरूमा उक्त गन्तव्यमा सातामा दुई उडान हुने एयरलाइन्सले जनाएको छ ।
काठमाडौँ-सांघाई उडान प्रत्येक सोमबार र शुक्रबार तथा सांघाई-काठमाडौँ उडान मंगलबार र शनिबार हुनेछ ।
काठमाडौँ-सांघाई उडान साँझ ६:२५ बजे प्रस्थान गरी भोलिपल्ट बिहान २ बजे सांघाई पुग्नेछ भने सांघाईबाट बिहान ३ बजे उडेको विमान बिहान ७:१० बजे काठमाडौँ आइपुग्नेछ ।
काठमाडौँ-सांघाई-काठमाडौँ उडानका लागि टिकट हिमालय एयरलाइन्सका टिकट काउन्टर, आधिकारिक ट्राभल पार्टनर, कम्पनीको वेबसाइट तथा मोबाइल एपमार्फत बुक गर्न सकिने एयरलाइन्सले जनाएको छ ।