logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • नेपाल र भियतनामबीच थप दुई चार्टर्ड उडान हुने

    नेपाल र भियतनामबीच थप दुई चार्टर्ड उडान हुने


    पर्यटन नेपाल

    मंगलबार, २१ कार्तिक २०८०


    काठमाडौँ । नेपाल र भियतनामबीच पर्यटकका लागि थप दुई चार्टर्ड उडान हुने भएको छ ।

    यसअघि आयोजक रुप्से होलिडेजले गत २१, २५ र २९ अक्टोबरमा हिमालय एयरलाइन्सको एयरबस ३२० जहाज चार्टर गरी काठमाडौं–हनोइ–काठमाडौँ रुटमा उडान गरेको थियो । ती उडानमा भियतनामबाट २२५ जना र नेपालबाट भियतनाममा ३२८ जना पर्यटक भ्रमणमा गएको कम्पनीले जनाएको छ ।

    पहिलो योजना सफल भएसँगै कम्पनीले अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी सन् २०२४ मा थप दुई चार्टर्ड उडान गर्न लागेको जनाएको छ । कम्पनीका अनुसार २०२४ को जनवरी ०५ र जनवरी १० मा थप दुई चार्टर उडान हुने भएको छ । यसअघिको उडानमा काठमाडौँ–भियतनाम भ्रमणको प्याकेज मूल्य १ लाख २० हजार तोकिएको थियो ।

    आगामी उडान भने ९९ हजार ९ सय ९९ रुपैयाँमा भियतनाम घुम्न पाउने गरी प्याकेज तोकिएको कम्पनीले जनाएको छ । यसमा दुई तर्फी हवाई टिकट, पाँच रात होटल र हलोङ्ग बे मा डे क्रुजसहित टुर प्याकेज समेत समेटिएको छ ।

    यसअघि सम्पन्न उडान सामान्य चार्टर्ड उडान मात्र नभएर नेपाल र भियतनामबीच एक साथ ठूलो संख्यामा पर्यटक आदान प्रदानको पहिलो अवसर हो ।

    एक लाख २० हजार रुपैयाँ खर्चिएर नेपाली पयर्टकले भियतनामको हनोइको पाँच दिने भ्रमण गरेका थिए । भियतनामबाट आएका पर्यटकले काठमाडौँ, पोखरा, लुम्बिनी र सौराहाको घुमघाम गरेका थिए । नेपाल र भियतनामबीच ३ घण्टाको सोझो उडान दूरी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend