logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • डोटीमा प्रशासनद्वारा छड्के अनुगमन

    डोटीमा प्रशासनद्वारा छड्के अनुगमन


    पर्यटन नेपाल

    आइतबार, २६ कार्तिक २०८०


    डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका मुख्य व्यापारिक केन्द्रहरूमा छड्के अनुगमन कार्यको थालनी गरेको छ ।

    चाडपर्वको समयमा उपभोक्ताहरू दैनिक उपभोग्य बस्तु किनमेल गर्न बाध्य हुने भएकोले पर्वको समयमा उपभोक्ताहरू ठगिने,कालोबजारी बढ्ने बढी सम्भावना भएकोले छड्के रूपमा बजार अनुगमन गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए ।

    प्रशासन कार्यालयले शुक्रवार सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायको नेतृत्वमा दिपायल पिपल्ला बजारमा १० ओटा दैनिक उपभोग्यका पसलहरूमा छड्के अनुगमन गरेको थियो । जसमा ४ वटा पसलबाट ७ हजार ५ सय बराबरको म्याद नाघेको अखाद्य बस्तु बरामद गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

    त्यस्तै शनिवार प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालको नेतृत्वमा डोटीको के आई सिंह गाउँपालिका वडा नम्बर ४ वायलमा अनुगम गरिएको थियो ।

    १० वटा पसलमा गरिएको अनुगमनमा ८ वटा पसलबाट ९ हजार ९ सय बराबरको म्याद नाघेका अखाद्य बस्तुहरू बरामद गरिएको जनाएको छ । बरामद गरिएकोमा सुजी, चिया पत्ती, मसलाहरू, बिस्कुट, पेय पदार्थ लगायतका खाद्य बस्तुहरू रहेको अनुगमन टोलीले जनाएको छ । बरामद गरिएको सामाग्रीहरू नष्ट समेत गरिएको ।

    बजार अनुगमनका साथै चाड पर्वको समयमा जिल्लाको शान्ति सुरक्षा लगायत जनताका सरोकारका सवालहरूको बारेमा समेत निगरानी बढाउनुका साथै व्यापारीहरूलाई कालोबजारी नगर्न, मूल्य सुची राख्न, चर्को मूल्य नलिन निर्देशन दिएको समेत प्रजिअ पौडेलले बताउनु भयो ।

    चाडपर्वको समयमा मात्र नभई पछिल्लो केही वर्ष यता जिल्ला प्रशासन कार्यालयको नेतृत्व र सरोकारवालाहरूको सहभागितामा जिल्लाका विभिन्न स्थानहरूमा नियमित रूपमा बजार अनुगमन हुने गरेको प्रशासन कार्यालयले जनाएको छ ।

    चाडपर्व लक्षित विशेष अनुगमन कार्यलाई जिल्लाका अन्य व्यापारिक केन्द्रहरूमा जुनसुकै समयमा पनि गरिने समेत प्रशासन कार्यालय जनाएको छ ।

    डोटीमा सडक सञ्जाल सँग जोडिएका मुख्य बजारको रूपमा दिपायल सिलगढी नगरपालिका अन्तरगत पिपल्ला बजार,राजपुर, एयरपोर्ट, सिलगढी,नारिदाङ पुर्विचौकी गाउँपालिका अन्तरगत शान्तिनगर,साजघाट, सानागाँउ, चौखुट्टे, पोखरी, बगलेग सायल गाउँपालिका अन्तरगत दुदीलेगणा, तोलेनी, छपाली, आदर्श गाउँपालिका अन्तरगत मौवा, काडीस्याउले, कुचेडा, गिरीचौका, लामीखाल, मेल्लेक, शिखर नगरपालिका अन्तरगत कालागाण, गोपघाट, तलकोट, अणेउल, गहनान, जोरायल गाउँपालिका अन्तरगत गैरा, बुडर, हाट, खसरे, सरस्वतीनगर, बडी केदार गाउँपालिका अन्तरगत बिपीनगर, देवली, बर्छैन, बागछेडा, अत्तरकाडा, जुनी बजार, बाजबाटा, बाई खोला, चवलाबिठारा, रन्तोला, के आई सिंह गाउँपालिका अन्तरगत वायल, वासुदेवी, तिखातर र बोगटान फुड सिल गाउँपालिका अन्तरगत गगुडा, कोलाखान, चमराचौतारा, सिमचौर छेडीखान रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend