काठमाडौँ । पोखरामा विदेशी पर्यटकहरूले तिहार मनाएका छन् । पर्यटकहरूले तिहारको अवसरमा पोखरामा भाइटिका लगाएर तिहार मनाएका हुन् ।
होटेल सङ्घ पोखराले आयोजना गरेको भाइटिका महोत्सवमा विदेशीहरू पर्यटकहरूले सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी लगाएर तिहार मनाएका हुन् ।
होटेल सङ्घले यो वर्ष १६ औँ संस्करणको भाइटिका महोत्सव गरेको छ । पछिल्ला वर्षहरूमा पर्यटकको सहभागिता समेत बढ्न थालेको छ ।
विभिन्न १६ देशका ६८ पर्यटकले भाइटिका लगाएर तिहार मनाएका छन् । युके, अमेरिका, जर्मनी लगायत विभिन्न देशका पर्यटकहरू सहभागी थिए । पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव गरिएको हो ।
पोखराको रेन्वो चिल्ड्रेन होमका बालिकाहरूले टीका, माला र ढाका टोपी लगाइदिए ।