काठमाडौँ । आज नेपालले फिफा विश्वकप छनोटका लागि युएईसँग खेल्दै छ । दुबईमा नेपाली समयअनुसार आज राति साढे ९ बजे नेपालले दोस्रो चरणको पहिलो खेल खेल्नेछ । दोस्रो चरणका लागि नेपालको समूहमा युएई, बहराइन र यमन छन् ।
फिफा वरीयतामा युएई ६९औँ स्थानमा छ । युएई समूहको सबैभन्दा बलियो टिम हो । बहराइन ८३औँ र यमन १५६औँ स्थानमा रहँदा नेपाल १७३औँ स्थानमा छ ।
दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन् । नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २(२ खेल गरी ६ खेल खेल्नेछ ।
जस अनुसार पाँच दिनपछि नेपालले दोस्रो खेल घरेलु मैदानमै खेल्नेछ । नेपालले मङ्सिर ५ मा यमनसँग दोस्रो खेल खेल्नेछ ।
नेपाल र यमनबीचको खेल दशरथ रङ्गशालामा साँझ ७ बजे हुनेछ । पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो ।