logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:26 AM

  • निगमले पायो ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ को सम्मान

    निगमले पायो ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ को सम्मान


    पर्यटन नेपाल

    शुक्रबार, १ मंसिर २०८०


    काठमाडौँ । नेपाल वायुसेवा निगमले ‘उत्कृष्ट राष्ट्रिय ध्वजावाहक’ सम्मान पाएको छ ।

    भारतमा ट्राभल टुरिजम क्षेत्रमा लामो समयदेखि टुरिजम ब्रान्डिङ तथा प्रचार-प्रसार गर्दै आएको मुसाफिर मिडिया हबले भारतमा उडान भर्ने एयरलाइन्सहरू मध्ये सन् २०२३ को लागि नेपाल वायुसेवा निगमलाई उत्कृष्ट राष्ट्रिय ध्वजावाहक सम्मानको लागि छनौट गरेको हो ।

    सन् २०२३ को नोभेम्बर १६ मा दिल्लीमा आयोजित एक कार्यक्रममा उक्त सम्मान घोषणा गरिएको हो ।  सम्मान प्राप्त भएपछि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले अझै जिम्मेवारीपूर्वक काम गर्न प्रेरणा मिलेको बताए ।

    निगमले हाल अन्तर्राष्ट्रियतर्फ चार वटा जहाजबाट दिल्ली, मुम्बई, बैंगलोर, दुबई, दोहा, दमाम, बैंकक, हङकङ, मलेसिया, जापान लगायत दश गन्तव्यमा उडान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend