काठमाडौँ । हिमालय एयरलाइन्सले आगामी बिहीबार (२३ नोभेम्बर) मा कुनमिङ-पोखरा चार्टर उडान गर्ने भएको छ ।
आगामी शनिबार पोखरामा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय माउन्टेन कन्ट्री क्रस (मैत्रीपूर्ण दौड प्रतियोगिता) लाई लक्षित गर्दै एयरलाइन्सले चार्टर उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन हिमालयन एयरलायन्स चार्टर उडान गरी खेलाडी, अफिसियल र अन्य पाहुना गरी एक सय चार जना चिनियाँ पोखरा आउने छन् ।