logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:02 AM

  • प्रधानमन्त्री निवास र शितल निवास लगायत आसपास ठाउँमा निषेधाज्ञा घोषणा

    प्रधानमन्त्री निवास र शितल निवास लगायत आसपास ठाउँमा निषेधाज्ञा घोषणा


    पर्यटन नेपाल

    बुधबार, ६ मंसिर २०८०


    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शितल निवास, प्रधानमन्त्री निवास लगायत आसपास पनि निषेधित क्षेत्र घोषणा गरेको छ ।

    मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन् ।

    सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौँको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए ।

    मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर केन्द्रित प्रदर्शन गर्न लागेका थिए। तर शान्ति सुरक्षा कायम गर्न र दंगा भड्किन नदिन भन्दै माइतीघरमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

    sital-1700580463.jpg

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend