logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • बल्खुमा तीनकुने जान लागेका युवा संघको र्‍यालीमाथि ढुंगामुढा प्रहार

    बल्खुमा तीनकुने जान लागेका युवा संघको र्‍यालीमाथि ढुंगामुढा प्रहार


    पर्यटन नेपाल

    बिहिबार, ७ मंसिर २०८०


    काठमाडौँ । बल्खु चोकमा युवा संघमाथि ढुंगामुढा प्रहार भएको छ ।

    कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेका युवा संघको र्‍यालीमाथि बल्खुमा ढुंगामुढा प्रहार भएपछि झडप भएको हो ।

    दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ ।

    उक्त समयमा युवासंघको र्‍याली बल्खुमा पुगेको थियो । त्यहि क्रममा झडप भएको हो । अहिले सुरक्षाकर्मीले त्यहाँको स्थिति नियन्त्रणमा लिएको छ ।

    झडपमा केही बाइक र गाडीमा क्षति पुगेको छ । बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी केन्द्रित गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend