काठमाडौँ । बल्खुमा दुर्गा प्रसाईँ पक्ष र प्रहरीबीच झडप भएको छ।
बिहीबार दिउँसो प्रदर्शनकारीहरू बल्खु चोकबाट कुशेश्वरतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ । प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेको छ ।