logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:33 AM

  • अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने

    अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने


    पर्यटन नेपाल

    शुक्रबार, ८ मंसिर २०८०


    काठमाडौँ । नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा–द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ ।

    काठमाण्डौबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने आज नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले कार्यक्रममा दोलखा माउन्टेन बाइकिङका लागि अर्को गन्तव्य बन्ने तयारी भइरहेको बताए ।

    नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले कार्यक्रमले दोलखालाई मात्रै नभई नेपाललाई टप माउन्टेन बाइकिङ गन्तव्यका रुपमा चिाउने बताए । उनले यो प्रतियोगिताले दोलखालाई साहसिक पर्यटकीय गन्तव्यका रुपमा थप परिचित बनाउने बताए ।

    यस्तै, बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले दोलखाले सांस्कृतिक, प्राकृतिक र आध्यात्मिक अनुभवहरूको पूर्ण प्याकेज प्रदान गरेको बताउँदै कार्यक्रमले दोलखालाई साहसिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्ने बताए ।

    कार्यक्रम आयोजक टोलीका प्रतिनिधि तथा स्थानीय समुदायका सदस्य सान्तु श्रेष्ठले गन्तव्य दोलखालाई ‘साहसिक गन्तव्य’का रूपमा घटनाक्रमको परिचय दिएर परिवर्तनको खोजीमा रहेको बताउँदै प्रतियोगितामा प्रतियोगितामा फ्रान्सका प्रख्यात माउन्टेन बाइकिङ लिजेन्ड किलियन ब्रोन पनि सहभागी रहने जानकारी दिए ।

    प्रतियोगितामा पहिलो क्याटोगोरीमा एलिट समुह, दोस्रोमा खुला वर्ग , तेस्रोमा मध्यम तथा चौथो स्तरमा रमाइलो वर्ग गरि वर्गिकरण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend