logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   07:46 AM

  • चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासामा

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड ल्हासामा


    पर्यटन नेपाल

    बुधबार, १० असोज २०८०


    काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड चीनको छिङछोङ सहरबाट दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् ।

    उनका साथमा उनको भ्रमण दलका सदस्य परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव,भौतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहेका छन् ।

    उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए ।

    उनले आजै चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend