logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:58 AM

  • १५ वर्ष अघिको हत्या घटनामा पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी

    १५ वर्ष अघिको हत्या घटनामा पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी


    पर्यटन नेपाल

    आइतबार, ७ माघ २०८०


    काठमाडौँ । नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । १५ वर्ष अघि भएको हत्या घटनामा अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएकाे हाे ।

    गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट पञ्चा सिंहसहित छ जनाविरूद्ध पुर्जी जारी भएको बताइएकाे छ । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो । सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो । हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो । किटानी दर्ता भएका ६ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको बताइएकाे छ ।

    टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतले उनीहरूको खोजी गरिरहेको छ।

    पञ्चा सिंहले भने यसबारे आफूलाई जानकारी नभएको बताएकी थिइन् । केही दिन अघि समाचार बाहिरिएपछि उनले सामाजिक सञ्चालमार्फत यसबारे छानबिन गर्नुपर्ने भन्दै लेखेकी थिइन‍् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend