ढोरपाटन । पश्चिम बागलुङको दुर्गममा रहेको पाण्डवखानी गाउँ । गलकोट नगरपालिका–१० मा पर्ने यस गाउँ पर्यटकीय हिसाबले निकै आकर्षक छ ।
तस्बिर डम्मर बुढामगर

गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानको देउताभीर युवा क्लबले आयोजना गरेको एकमहिने फुटबल ट्र्र्डिङ क्याम्पमा फुटबल खेल्ने तरिका सिक्दै खेलाडी। जिल्ला फुटबल सङ्घले एकमहिने टेडिङ क्याम्प आयोजना गरेको हो ।
तस्बिर: ध्रुवसागर शर्मा 
काठमाडौँ । मकवानपुरको थाहा नगरपालिकाको पर्यटकिय स्थल चित्लाङ । होमस्टे (घरवास) व्यवसायले प्रसिद्धि पाएको यो ठाउँ घुम्न आन्तरिक तथा विदेशी पर्यटकहरु आउने गरेको स्थानीय बताउछन ।
तस्बिर: हरिराम भेटुवाल

काठमाडौँ । तामाङ सामुदायको पर्व सोनाम ल्होसार भोलि मनाउनका लागि टुँडिखेलमा निर्माण गरिएका स्टल ।
तस्बिरः हरिराम भेटुवाल

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-३ अन्नपूर्णमा व्यावसायिक सुन्तला खेती गरेका किसान बद्रीप्रसाद अधिकारी आफ्नो बगानमा सुन्तला टिप्दै । ३३ रोपनी क्षेत्रमा व्यावसायिक रुपमा सुन्तला खेती गर्दै आएका किसान अधिकारीले वार्षिक १० लाख आम्दानी गर्दै आएको बताए ।
तस्बिर: युवराज विष्ट

बैतडी । बैतडीको जिल्ला खेलकुद समितिले मेलौली नगरपालिका(१ मा शुक्रबारदेखि शुरू गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत तीन हजार मिटर छात्र दौडमा सहभागी खेलाडीहरू । यो दौड प्रतियोगितामा मेलौली नगरपालिकाका सुरेश विष्ट प्रथम भएका छन् ।
तस्बिर: विनोदसिंह विष्ट

जाजरकोट । भूकम्पबाट घर भत्किएपछि अस्थायी टहरा निर्माण गरी बसोबास गर्दै आएका रुकुम पश्चिम आठबीसकोट नगरपालिका चिसापानीका स्थानीयवासी ।
तस्बिरः हेमन्त केसी

बाँके । नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा पर्यटन प्रवर्धनका लागि आयोजित छैटौँ संस्करण बि वाई डि:टुर दि ठाकुरद्वाराुमा सहभागी हुन शुक्रबार सहभागी हुन नेपालगन्जबाट बर्दिया जाँदै साईकल यात्रीहरू ।
तस्बिर: रुपनी जिएम

म्याग्दी (बेनी) । म्याग्दीको रघुगंगा गाउँपालिका-८ मा अवस्थित कुइनेखानी गाउँ । चिटिक्क मिलेको कुइनेखानीका घर परम्परागत तरिकाले ढुङ्गाले छाएका छन् ।
तस्बिर: कमल खत्री

दाङ । नेत्रविक्रम चन्द ”विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले घोराही उपमहानगरपालिका-१६ स्थित गरुवागाउँमा साढे तीन बिगाह क्षेत्रफलको जग्गामा व्यावसायिक रुपमा गरेको आलु खेती । पार्टीले गत वर्षदेखि गरुवागाउँमा रहेको जयशेर माध्यमिक विद्यालय रावतगाउँको छ बिगाह क्षेत्रफलको जग्गा १० वर्षका लागि भाडामा लिएर सामूहिक रुपमा कृषि उपज उत्पादन गर्दै आइरहेको छ । प्रति बिगाह वार्षिक २३ हजारका दरले दश वर्षको लागि भाडामा लिएको जग्गामा आलु खेती गरेको छ ।
तस्बिर: कुलदीप न्यौपाने
