logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   02:12 PM

  • घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, यस्ताे छ नयाँ मुल्य

    घट्यो डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य, यस्ताे छ नयाँ मुल्य


    पर्यटन नेपाल

    शनिबार, ३ चैत्र २०८०


    काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ ।

    शनिवार बिहानदेखि लागू हुने गरी पेट्रोलमा एक र डिजेल र मट्टीतेलमा २ रुपैयाँ मूल्य घटएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

    भाउ घटेपछि पेट्रोल लिटरको पहिलो वर्गमा १६८ रुपैयाँ ६० पैसा, दोस्रोमा १७० र तेस्रोमा १७१ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको पहिलो वर्गमा १५५ रुपैयाँ ५० पैसा, दोस्रोमा १५७ र तेस्रोमा १५८ रुपैयाँ कायम गरिएको छ ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend