काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई छातीमा असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको छ ।
मंगलबार (आज) साँझ उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्रीको‘कोरोनरी एन्जिओग्राम’ गर्ने तयारी भइरहेको छ । उनलाई वार्डमा भर्ना गरिएको छ । डा. यादव भट्टसहितको चिकित्सकको टोली प्रधानमन्त्री प्रचण्डको उपचारमा खटिएको छ ।