logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:07 AM

  • भूकम्प पीडितलाई कोसी प्रदेशले १ करोड रुपैयाँ र राहत सामग्री उपलब्ध गराउने

    भूकम्प पीडितलाई कोसी प्रदेशले १ करोड रुपैयाँ र राहत सामग्री उपलब्ध गराउने


    पर्यटन नेपाल

    शनिबार, १८ कार्तिक २०८०


    विराटनगर । कोसी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि १ करोड रुपैयाँ र आवश्यक राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

    कोसी प्रदेश मन्त्रिपरिषद्को शनिवार बसेको बैठकले भूकम्प पीडितका लागि १ करोड रुपैयाँ तथा त्रिपाल, कम्बल र मेट्रेस उपलब्ध गराउने निर्णय गरेको हो ।

    शुक्रवार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परेर पीडित भएकाहरूका लागि तीन प्रकारका सामग्री उपलब्ध गराउने निर्णय भएको छ ।

    सम्बन्धित समाचार : भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३८ पुग्यो, १६६ जना घाइते

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend