काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् ।
प्रधानमन्त्री प्रचण्ड चीनको छिङछोङ सहरबाट दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् ।
उनका साथमा उनको भ्रमण दलका सदस्य परराष्ट्र मन्त्री नारायणप्रकाश साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव,भौतिक पूर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वालासहित भ्रमण दलका सदस्यहरू रहेका छन् ।
उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष एवं चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत उपसचिव चेन योङ्छीले स्वागत गरेका थिए ।
उनले आजै चिनियाँ कम्युनिस्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।