काठमाडौँ । कालिकोटको सुनथराली (कोटवाडा) विमानस्थलको परीक्षण उडान सफल भएको छ ।
आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको हो ।
२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ ।
सम्बन्धित समाचार : कालिकोटको कोटवाडा विमानस्थल ३८ वर्षपछि सञ्चालनमा आउँदै