logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:01 AM

  • हमासको आक्रमणमा परी ज्यान गुमाउने प्रति मंगलबार राष्ट्रिय शोक घोषणा, आधा झण्डा झुकाइने

    हमासको आक्रमणमा परी ज्यान गुमाउने प्रति मंगलबार राष्ट्रिय शोक घोषणा, आधा झण्डा झुकाइने


    पर्यटन नेपाल

    सोमबार, २२ असोज २०८०


    काठमाडौँ । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दु:खद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।

    उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ ।

    गाजा क्षेत्रबाट हमासले शनिवार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

    मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने ।’

    त्यस्तै सरकारले इजरायलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि जहाज पठाउने भएको छ ।

    इजरायलमा रहेका नेपाली ल्याउन जहाज पठाइने, सबै खर्च सरकारले बेहोर्ने भएको छ ।

    अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरू नेपाल आउन चाहेमा सरकारले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र ल्याउन प्रबन्ध गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend