logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   10:29 AM

  • ‘टुरिजम हिरो अवार्डस् २०२४’ आयोजना हुँदै, ३१ विधामा अवार्डस् प्रदान गरिने

    ‘टुरिजम हिरो अवार्डस् २०२४’ आयोजना हुँदै, ३१ विधामा अवार्डस् प्रदान गरिने


    पर्यटन नेपाल

    मंगलबार, १ फाल्गुन २०८०


    काठमाडौँ । नेपालमा पहिलो पटक ‘टुरिजम हिरो अवार्डस् २०२४’ आयोजना हुने भएको छ ।

    पर्यटन क्षेत्रका विविध आयामहरूमा सहभागी गराई पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउँदै आएको ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले नेपालमै पहिलो पटक टुरिजम हिरो अवार्डस् २०२४ आयोजना गर्न लागेको हो ।

    आगामी चैत ६ (मार्च १९)मा काठमाडौँमा एक भब्य समारोहको आयोजना गर्दै यस अवार्डस् विजेताहरूलाई अवार्ड ट्रफी हस्तान्तरण गरिने काउन्सिलले बताएको छ ।

    पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्थाहरूमध्येबाट विभिन्न ३१ विधामा टुरिजम हिरो अवार्डस् प्रदान गरिने काउन्सिलले जनाएको छ ।

    अवार्ड विशुद्ध पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याउने व्यक्ति तथा संस्थालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजना गरिएको काउन्सिलका अध्यक्ष धमेन्द्र सापकोटाले बताए ।

    होटलतर्फका १४ तथा पर्यटनका अन्य १७ विधा गरी कुल ३१ विधामा पाँच सयभन्दा बढीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको यो टुरिजम हिरो अवार्डको नोमिनेसन आज (मंगलबार)बाट खुल्ला गरिएको छ ।

    टुरिजम हिरो अवार्डस् २०२४ को आधिकारिक वेबसाइट टुरिजम हिरो डट ओआरजीमा गएर जो कोहीले आफ्नो लागि वा अरूको लागि समेत विस्तृत विवरण भरी नोमिनेसन फाइल गर्न सक्नेछन् ।

    यसरी प्राप्त नोमिनेसनहरू मध्येबाट पूर्ण र आधिकारिक विवरणहरू भरिएका नोमिनेसनलाई सर्टलिस्ट गरी भोटिङका लागि योग्य बनाइने छन् । आवश्यक लिङ्क नोमिनेसन भर्ने अधिकारीक व्यक्ति तथा सर्वसाधारणलाई उपलब्ध गराई भोटिङका लागि आह्वान गरिनेछ ।

    प्राप्त पब्लिक भोटलाई आधार मान्दै जुरिहरूको अन्तिम निर्णयका आधारमा आगामी चैत्र ६ गते विजेता घोषणा गरिनेछ । यो सम्पूर्ण प्रक्रिया वेबमा आधारित र निःशुल्क हुनेछ।

    अवार्डमा समवेश क्याटगोरीहरू

    बेस्ट ट्राभल एजेन्सी अफ द इअर

    बेस्ट ट्राभल एजेन्सी अफ द इअर होलिडे

    बेस्ट ट्राभल एजेन्सी अफ द इअर -इनबाउण्ड

    बेस्ट टेक्नोलोजी फर ट्राभल एण्ड टुरिजम

    सिइओ अफ द इअर -हस्पिटालिटी

    सिइओ अफ दि इअर – ट्राभल

    बेस्ट टुरिजम स्टार्टअफ अफ द इअर

    टुरिजम पर्सनालिटी अफ द इअर -जर्नालिस्ट

    टुरिजम पर्सनालिटी अफ द इअर – अन्टरप्रेन्युअर

    टुरिजम पर्सनालिटी अफ द इअर एनआरएन

    टुरिजम पर्सनालिटी अफ द इअर वुमन अन्टरप्रेन्युअर

    टुरिजम पर्सनालिटी अफ द इअर ब्राण्डिङ एण्ड मार्केटिङ

    मस्ट आईकोनिक इन्फ्रास्ट्रक्चर

    म्युनिसिपालिटी अफ द इअर

    रूलर म्युनिसिपालिटी अफ द इअर

    मेयर अफ द इअर

    टुरिजम हिरो २०२४

    होटल तर्फ

    बेस्ट होटल अफ द इअर फाईभ स्टार

    बेस्ट होटल अफ द इअर फोर स्टार

    बेस्ट होटल अफ द इअर थ्रि स्टार

    बेस्ट रिसोर्ट अफ द इअर

    बेस्ट बुटिक होटल अफ द इअर

    बेस्ट होटल टुरिस्ट स्टाण्डर्ड (नन् स्टार)

    बेस्ट चेन होटल अफ द इअर नेशनल

    बेस्ट होटल अफ द इअर डिजाईन एण्ड इन्फ्रास्ट्रक्चर

    बेस्ट होटल अफ द इअर इको फ्रेण्डली

    बेस्ट रेष्टुराँ अफ द इअर

    बेस्ट चेन रेस्टुराँ अफ द इअर नेशनल

    बेस्ट सेफ अफ द इअर नेपाली

    बेस्ट सेफ अफ द इअर इन्टरनेशनल

    बेस्ट क्यासिनो अफ द इअर

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend