logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • इरानी सर्वोच्च नेता खामेनी मारिएको पुष्टि,

    इरानी सर्वोच्च नेता खामेनी मारिएको पुष्टि,


    पर्यटन नेपाल

    आइतबार, १७ फाल्गुन २०८२


     

    काठमाडौँ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको पुष्टि भएको छ ।

    इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिका र इसराइलले शनिबार बिहान तेहरानमा गरेको हवाई हमलामा परी खामेनी मारिएको पुष्टि आइतबार बिहान गरेका थिए ।

    इरानी सञ्चारमाध्यमहरूले पुष्टि गरेको केही बेरपछि इरानको सरकारी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड्स कोर ९आइआरजिसी०ले पनि वक्तव्य जारी गरी खामेनीको मृत्यु भएको पुष्टि गरेको छ ।

    खामेनीको मृत्युमा इरानमा ४० दिने शोक घोषणा गरिएको छ भने सात दिन सार्वजनिक बिदा दिइएको छ ।

    सोही आक्रमणमा खामेनीसँगै उनकी छोरी, ज्वाँइ, बुहारी र नाति मारिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend