logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका ६ जना कर्मचारीलाई हटाइयो जिम्मेवारीबाट

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका ६ जना कर्मचारीलाई हटाइयो जिम्मेवारीबाट

    भिजिट भिसा प्रकरण


    पर्यटन नेपाल

    शुक्रबार, ९ जेष्ठ २०८२


    काठमाडौँ । गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको मानव तस्करीबारे अनुसन्धान भइरहेका बेला गृहले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई दिनअघि विमानस्थलमा छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो ।

    भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको छ ।

    बुधबार अख्तियारले अध्यागमन अधिकृत एवं सह सचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।

    उनी नियन्त्रणमा पर्नुअघि गृहमन्त्री रमेश लेखकले उनको सरुवा गरेर मन्त्रालय तानेका थिए ।

    दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो ।

    आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मानव तस्करीको अनुसन्धान गरिरहेको बेला भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृहका ९ कर्मचारीको सरुवा समेत गरिएको छ ।

    भिजिट भिसामा शंकास्पद गतिवधि गरेका अन्य आठ जना मध्ये सरुवा गरिएका तीन जना नायब सुब्बा पदमा कार्यरत प्रेमप्रसाद पौडेलको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, वीरभद्र जोशीको जिल्ला प्रशासन कार्यालय काठमाडौँ, नरबहादुर थापाको जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको थियो ।

    त्यस्तै सहायक कम्प्युटर अपरेटरका रुपमा कार्यरत कर्मचारीहरु कमला श्रेष्ठसहित कम्प्युटर अपरेटरहरू उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरुङ, र धनराज उपाध्यायको कारागार व्यवस्थापन विभाग वा अन्तर्गत हुनेगरी सरुवा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend