logo

मंगलबार, ११ कार्तिक २०८३

logo

मंगलबार, ११ कार्तिक २०८३   |   02:52 AM

  • श्री एयर र हेलि एभरेष्टको हेलिकप्टरकाे आकस्मिक अवतरण

    श्री एयर र हेलि एभरेष्टको हेलिकप्टरकाे आकस्मिक अवतरण


    पर्यटन नेपाल

    बिहिबार, १७ फाल्गुन २०८०


    काठमाडौँ । काठमाडौँबाट धनगढी जाँदै गरेको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको छ ।

    बिहिबार अपराह्न ४ बजे काठमाडौँबाट धनगढी जाँदै गरेको श्री एयरको एसएजए २२५ जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिवि विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो ।

    विमास्थलबाट ३० माइल टाढा पुगेको श्रीको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्काइएको हो ।

    त्यस्तै लुक्ला जाँदै गरेको हेलिकप्टरमा पनि समस्या देखिएपछि उक्त जहाजको पनि आकस्मिक अवतरण गरिउको छ । आज २ बजे काठमाडौँबाट लुक्लाका लागि उडेको हेलि एभरेष्टको हेलिकप्टरको इन्डिकेटरमा समस्या देखिएपछि हेलिकप्टर आकस्मिक अवतरण गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend