logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • मर्दीमा शनिबारदेखि एक जना विदेशी पदयात्री बेपत्ता !

    मर्दीमा शनिबारदेखि एक जना विदेशी पदयात्री बेपत्ता !


    पर्यटन नेपाल

    सोमबार, १६ पुष २०८०


    काठमाडौँ । कास्कीको पोखरा-मर्दी ट्रेकमा एक जना विदेशी पर्यटक सम्पर्कविहिन भएका छन् । शनिबारदेखि एक जना विदेशी पदयात्री सम्पर्कविहीन भएका हुन् ।

    शनिबार बिहान करिब ४ बजे मर्दी हाई क्याम्पबाट बेस क्याम्प हिँडेका मिचेल नाम गरेका स्वीडेनी युवक सम्पर्कविहीन भएका छन् ।

    माछापुच्छ्रे गाउँपालिकाले उठाउने पर्यटन शुल्क फर्ममा फर्म भरेर हिँडेका उनी साँझसम्म नफर्किएपछि खोजी तीव्र पारिएको छ ।

    आइतबार बिहानसम्म सम्पर्कमा नआएपछि उनको खोजीमा वडा प्रहरी कार्यालय बगरको नेतृत्वमा प्रहरी बिहानै मर्दी बेसक्याम्प हिँडेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend