काडमाडौँ । नयाँ गठबन्धन बनेसँगै दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा रस्साकस्सी चलेको छ ।
बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका हुन् ।
नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय आफूहरूले नै पाउनुपर्ने अडान राखेका छन् । माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको छ ।
एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यो विषय छलफलबाट मिलाउन आग्रह गरेका छन् ।
उनले छलफल गरेर गृह कसले लिने मिलाउन रास्वपा र एमालेलाई नै जिम्मा दिएका छन ।
रास्वपा सभापति रवि लामिछानेले गृह मन्त्रालय पाए सरकारमा जाने तयारी गरेका छन् भने, यता एमालेले पनि आफूहरूले गृह पाउनुपर्ने दाबी गरिरहेको छ ।