काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।
सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री ओली विमानस्थल जान लागेका हुन् ।
बुधबार विहान ११ सौर्य एयरलाइन्सको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थल दुुर्घटना भएको हो । त्यस क्रममा १८ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्दार गरिएको छ ।